खोप कार्यक्रममा गरिब मुलुक छुटे कोरोना महामारी अन्त्य हुँदैन : डब्लूएचओ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । असमान नीतिका कारण विश्वले ‘विपत्तिपूर्ण नैतिक विफलता’ को सामना गर्नुपर्नेे औंल्याएका हुन् । सोमबार डब्लूएचओको कार्यकारी बोर्डको बैठकलाई सम्बोधन गर्दै महानिर्देशक टेड्रोसले कोरोना खोप पाउनबाट गरिब देश वञ्चिन भए महामारी अन्त्य नहुने चेतावनी दिएका हुन् । गरिब देशका बूढाबूढी र जोखिममा रहेका मानिसले भन्दा धनी देशका युवा र स्वस्थ मानिसले पहिले कोरोना खोप पाउनु न्यायोचित नभएको उनले टिप्पणी गरेका छन् । करिब ४९ धनी देशमा ३ करोड ९० लाख डोज कोरोना खोप उपलब्ध हुँदा कुनै गरिब देशमा २५ डोज पुगेको उनले बताए ।

अहिलेसम्म चीन, भारत, रुस, अमेरिका र बेलायतले कोरोनाविरुद्धको खोप बनाएका छन् । अमेरिकी र जर्मन कम्पनीको संयुक्त लगानीमा बायोएनटेक फाइजर खोपको विकास भएको छ । यी सबै मुलुकले पहिले आफ्ना नागरिकलाई नै खोप उपलब्ध गराउँदै आएका छन् ।

महानिर्देशक टेड्रोसले अहिले विश्व समुदायमा देखिएको नैतिक विफलताका कारण गरिब देश र त्यहाँका नागरिकले ठूलो मुल्य चुकाउनुपर्ने अवस्था आउने चेतावनी दिँदै कोरोना खोपको वितरण नीतिमा सुधार गर्नुपर्ने बताए । कोरोना खोपको वितरणमा ‘म पहिले’ भन्ने नीति अपनाउँदा त्यो आत्मघाती सावित हुन सक्ने र नाफाखोरहरु सल्बलाउने सम्भावना रहने पनि उनको भनाइ थियो ।

त्यस्तै महानिर्देशक टेड्रोसले आफूहरुले विश्वव्यापी खोप वितरण कार्यक्रम ‘कोभ्याक्स’ मा पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् । उनका अनुसार अर्को महिनादेखि यो कार्यक्रमअन्तर्गत कोरोना महामारीविरुद्धको खोप वितरण हुनेछ । आउँदो विश्व स्वास्थ्य दिवस (अप्रिल ७) सम्म सबै सदस्य राष्ट्रमा कोरोना खोप पुऱ्याइसक्ने आफूहरुले लक्ष्य रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..