नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण १० महिनादेखि बन्द काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरू आइतबारबाट खुल्न थालेका छन् ।
उपत्यकाका सबै स्थानीय तहले औपचारिक स्वीकृति नदिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्न थालेको विद्यालयहरूले बताएका छन् ।
कक्षा चलाउने निर्णय गर्दै–पछि हट्दै आएका विद्यालयहरूले अहिले स्वास्थ सुरक्षादेखि जोरबिजोर प्रणालीसम्मका सतर्कता अपनाएर कक्षा खोलेका छन् ।
स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गरे हस्तक्षेप नगर्ने संकेत काठमाडौं महानगरपालिकाले दिएपछि विद्यालयहरूले आँट गरेका हुन् । उता गोदावरी नगरपालिकाले भने स्वास्थ्य मापदण्ड तोकेर आइतबारदेखि कक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

