संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो नयाँ भेरियन्ट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

बेलायतबाट आएका ५ जनामा १३ पुसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो ।

यो नेपालका लागि खतराको संकेत थियो । किनकी बेलायतमा कोरोनाको नयाँ भेरियन्ट (बी.१.१.७) पुष्टि भएर लकडाउन थियो । अन्य युरोपियन देशहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराएका थिए ।

कोरोनाको नयाँ भेरियन्ट भेटिँदा बेलायतले जसरी गम्भीरताका साथ दिएर काम गर्‍यो, नेपालले ठीक उल्टो काम गरेर आफ्नो लापरबाही फेरि दोहोर्‍यायो । संक्रमण पुष्टि भएकाहरुमा देखिएको भाइरस नयाँ भेरियन्ट हो कि होइन भन्ने पत्ता लगाउन तत्कालै आनुवांशिक अध्ययन (जिन सिक्विनिङ) गरेन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) तत्कालीन निर्देशक डाक्टर वासुदेव पाण्डेको तर्क थियो, ‘नेपालको पीसीआर किटले नयाँ भेरियन्टको कोरोना देखाउन्न । त्यसैले नयाँ भेरियन्टको भनेर अत्तालिनु पर्दैन ।’

बेलायतबाट आएका थप एक जनामा संक्रमण देखिएपछि बल्ल २७ पुसमा ६ जनाको नमुना बेलायत पठाइयो । त्यसमध्ये तीन जना २८ वर्षीया महिला, ३२ वर्षीय पुरुष र ६७ वर्षीय पुरुषमा यूके भेरियन्ट (बी.१.१.७) पुष्टि भएको छ ।

अनौठो त के भने सोमबार हङकङको ल्याबले नयाँ भेरियन्ट पुष्टि हुँदा २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष पीसीआर रिपोर्ट नेगेटिभ आएर बेलायत फर्किसकेका छन् । ६७ वर्षीय पुरुषको पीसीआर पोजेटिभ नै छ, तर उनमा पनि लक्षण देखिएको छैन ।

ईडीसीडीका निर्देशक डाक्टर कृष्ण पौडेल भन्छन्, ‘पुष १३ गते ५ जनामा पोजेटिभ आएपछि गरिएको कन्ट्रयाक ट्रेसिङमा परेका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..