केयू उपकुलपतिमा ४४ प्रतिस्पर्धी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति बन्‍न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण सिफारिस समितिलाई बुझाएका छन् । उपकुलपति नियुक्त गर्न गठित सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक रुपमा सूचना जारी गरेको थियो ।त्यसअनुसार पुस २७ गतेभित्र ४४ आवेदन परेको शिक्षा मन्त्रालयले स्रोतले जनाएको छ । विश्वविद्यालय सभाले शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो

केयूमा उपकुलपति नियुक्त गर्न पहिलो पटक सार्वजनिक रुपमा गरिएको दरखास्त आह्वानमा ३७ जना प्राध्यापकले व्यक्तिगत विवरण बुझाएका स्रोतले जानकारी दियो । बाँकी व्यक्तिगत विवरण सहप्राध्यापक, उपप्राध्यापक र प्राज्ञिक क्षेत्र बाहिरका व्यक्ति रहेका छन् । वर्तमान उपकुलपति रामकण्ठ माकाजु, पूर्व रजिष्ट्रारहरु भद्रमान तुलाधर, भोला थापा, शिक्षाविद् मनप्रसाद वाग्ले, प्राध्यापक जर्नादन लामिछाने लगायतले विवरण पेश गरेका छन् । खगेन्द्रप्रसाद लामिछाने, विरेन्द्रराज तिवारी, निलाम्बर झा, विभुतिरञ्जन झाले पनि व्यक्तिगत विवरण बुझाएको स्रोतले जनायो ।

सिफारिस समितिले बुधबार व्यक्तिगत विवरणहरुको रुजु गरेको थियो । व्यक्तिगत विवरणको अध्ययन गरेर माघ ५ गते पुन: समितिको बैठक बस्‍ने कार्यतालिका छ । समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् ।

सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये १ जनालाई कुलपति तथा प्रधानमन्त्रीले उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ । अघिल्लो पटक पनि भोला थापा र जर्नादन लामिछानेसहित माकाजुको नाम सिफारिस भएको थियो । ४ वर्षअघि माकाजु दोस्रो कार्यकालका लागि नियुक्ति भएका थिए । उनको कार्यकाल माघ ७ गते सकिदैछ । उनले तेस्रो पटक पनि उपकुलपति बन्न व्यक्तिगत विवरण बुझाएका हुन् । उनी मेडिकल कलेजको सम्बन्धन र शुल्कमा विवादमा तानिएका थिए । माकाजुलाई विश्वविद्यालय रकम धुलिखेल अस्पतालको नाममा अनियमितता गरेको आरोप पनि छ । प्राध्यापक कर्मचारीहरुले एउटा व्यक्ति दुई पटक भन्दा बढि एउटै पदमा बस्न नहुने माग राख्दै आएका छन्

त्यस्तै, चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले केयूमा सक्षम र नैतिकवान व्यक्ति नियुक्ति हुनुपर्ने दोहोर्‍याएका छन् । बिहीबार विज्ञप्ति जारी गरेर नियुक्ति प्रक्रिया न्यायोचित र निष्पक्ष हुनुपर्ने उनले बताएका हुन् ।

उमेद्वारहरुको योग्यता, अनुभव र भिजनलाई हेरेर नियुक्तिका लागि सिफारिस हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । सरकारले यसअघि विश्वविद्यालयमा उपकुलपति नियुक्तिको मापदण्डको कानुनी व्यवस्था गर्ने र त्यसअघि योग्यता र कार्यक्षमताको आधारमा नियुक्ति गर्न सहमति गरेको थियो । डा. केसीले पुस १९ गते पनि विज्ञप्ति जारी गरेर विवादित पदाधिकारीको पुन:नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..