झारफुकका नाममा आगोले पोल्दा एकको मृत्यु, दुई घाइते

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

झारफुक गर्न भन्दै धामी कहाँ गएका व्यक्ति मृत अवस्थामा भेटिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–१, ओख्रेनी तीनधारामा ६४ वर्षीय रामबहादुर मुखिया शरीरभरि निलडाम रहेको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठका अनुसार ईश्मा गाउँपालिका–३, दर्लामचौर बस्ने मुखिया ढाड दुख्ने समस्या देखिएपछि धामी ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र शान्तिला श्रेष्ठको घरमा पुगेका थिए ।

तर, उनीहरुले मुखियालाई झारफुक गराएर निको बनाउने बहानामा शरीरभरि आगोले पोलेको पाइएको एसपी श्रेष्ठले अनलाइनखबरलाई बताए ।

मुखियाको मृत्यु भएपछि बुधबार बिहान श्रेष्ठ दम्पत्तिले नै अपरिचित व्यक्तिले घरमा अशान्ति मच्चाएको भन्दै प्रहरी कहाँ उजुरी दिएका थिए । त्यसपछि पुगेको प्रहरीले दुवै जनालाई हत्या अभियोगमा पक्राउ गरेको छ ।

मृतक मुखियाका दाइ ३४ वर्षका हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका वडा नम्बर–५, भुवनपानी बस्ने ४० वर्षकी टोपला दमाई घाइते छन् । उनीहरुको अनुहारसहित शरीरका विभिन्न भागमा पोलेको डाम छ । दुवै जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

एसपी श्रेष्ठका अनुसार झारफुकको बहानामा उनीहरुले खाना समेत नदिइ आगोमा रड, प्लाष्टिक पाइप तथा स्टिलको झाँजर तताएर शरीरको विभिन्न भाग डामेको पाइएको छ ।

‘मृत्यु भइसकेपछि पनि बुबालाई निको हुन्छ, एकछिनमा उठ्छन् भन्दै डामी रहे’, घाइतेका दाइले प्रहरी समक्ष भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..