संसद विघटन मुद्दा : संवैधानिक इजलासमा कार्कीको ठाउँमा सपना प्रधान मल्ल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर संवैधानिक इजलास गठन गरेका छन्।

राणाले आज नयाँ संवैधानिक इजलास बनाएका हुन्। इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई पनि निरन्तरता दिइएको छ।

मल्ल सर्वोच्चमा न्यायाधीश हुनुअघि तत्कालीन नेकपा एमालेबाट संविधान सभा सदस्य बनेकी थिइन्। संवैधानिक इजलासमा अब केहीबेरमा मुद्दाको सुनुवाइ हुँदैछ।

मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्नेबारे विवाद छ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै पुस २२ गते पूरक निवेदन दिएका थिए। सो विवाद कहाँ सुनुवाइ हुने भन्नेबारे आज तय हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..