३५ रुपैयाँ चानचुन बोकेर काठमाडौं छिरेका थिए चन्द्र ढकाल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

३६ वर्ष पहिले पहिलो पटक काठमाडौं झर्दा उनीसँग त्यति ठूला सपनहरू थिएनन् । बाग्लुङ अमलाचौरमा जन्मिएका उनको पारिवारिक अवस्था सामान्य थियो । घाँस, दाउरा र डोकोसँग खेल्दै गाउँमा एसएलसी दिएका थिए उनले । एसएलसी नजिकिदै गएको वेला बुवाको निधन भयो, बुवाको निधनले मर्माहत भएका उनले पढाइमा अब्बल हुँदाहुँदै पहिलोपटकमै ‘गोल्डेन गेट’ फोड्न सकेनन् । पहिलोपटक अँग्रेजीमा ‘स्टार’ लागेपछि दोस्रोपटकमा गोल्डेन गेट फोडेका उनी अहिले व्यवसायीक यात्रा गर्न चाहने धेरैका लागि ‘स्टार’ बनेर उदाएका छन् ।

पहिलोपटक काठमाडौं आउँदा ढकालका लागि काठमाडौंभन्दा ठूलो सहर थिएन, उनले काठमाडौंभन्दा विशाल अर्को पनि सहर यसै धर्तीमा होला भन्ने कल्पना गरेका समेत थिएनन् । त्यतिवेला अहिले जस्तो टेक्नालोजीले संसार यति सानो बनिसकेको थिएन, संसार विशालै थियो ।

काठमाडौंभन्दा अगाडि उनको कुनै बाटो थिएन, कुनै यात्राको योजना थिएन, न त त्योभन्दा माथिको कुनै सपना देखेका थिए उनले । उनी पढ्न आएका थिए । मैपीमा उनका काका काकीको घर थियो । काठमाडौंमा काकाको परिवारबाहेक आफ्नो पनि कोही थिएन उनको । त्यति ठूलो थिएन उनको दुनिया, मैपी नै एउटा विशाल सहरभन्दा ठूलो लाग्थ्यो उनलाई । उनको उद्देश्य आइकम पढ्नु थियो, त्यही मैपी सहरमा बसेर उनी कलेज भर्ना भए । कलेज पढ्दै पेप्सिकोलामा सानो जागिर खाए ।

४५ सालमा उनले वाणिज्य बैंकमा जागिर खाए । जागिर खाँदा उनले सोचेका थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर । तर जागिर गर्दै उनले व्यवसाय शुरु गरे । वाणिज्य बैंकको सहायकस्तरको जागिर खाएको ५ वर्षमै जागिर छाडेर उनी पूर्ण रुपमा व्यवसायमा होमिए ।

सरकारी जागिर छाड्नुको एउटा मात्र कारण आफ्नै व्यवसाय गरेर जीवन धान्छु भन्ने थियो उनको, ‘जीवन गुजार्नेभन्दा माथि व्यवसायीक सफलता बारेमा त सोचेकै थिएन, ’ उनी हाँस्दै भन्छन् ।
कोमल चित्तका उनी हरेकसँग नम्र भएर बोल्छन् । उनी भन्छन्, ‘कसैको चित्त दुखाएर के हुन्छ? बाँचेसम्म सबैको राम्रो सोचेर सबैसँग राम्रो बोलिदिनुपर्छ ।’ व्यवसायमा छोटो समयमा उदाएका ढकालको अहिले करीब १ दर्जन व्यवसायीक क्षेत्रमा लगानी छ । आइएमई ग्रूप, ग्लोबल आइएमई बैंक, चन्द्रागिरी हिल्स, सिएम ट्रेडिङ, माउन्टेन इनर्जी नेपाल लगायत दर्जन बढी क्षेत्रमा व्यवसायीक संलग्नता रहेको ढकाल सम्झिन्छन्, ‘काठमाडौं झर्दा गोजीमा चानचुन ३५ रुपैयाँ थियो मेरो, ४१ सालको कुरा हो । अस्ति भर्खर त हो।’

हाल निजी क्षेत्रमा बलियो उपस्थिति जनाएका उनलाई व्यवसायमा सफलता ‘इन्टरनेसनल मनी एक्सप्रेस’ (आईएमई) ले नै दिएको हो । २०६० पछिको वैदेशिक रोजगारीप्रति बढ्दो सर्वसाधारणको आकर्षण र प्रविधिको विकाशका कारण रेमिट्यान्स भनेकै आइएमईको रुपमा आइएमई ग्रूप ब्राण्डिङ भयो । त्यसैको सफलतास्वरुप ढकालको आम्दानी बढ्दै गयो र विभिन्न क्षेत्रमा उनको लगानी पनि बढ्न शुरु भयो ।’

उसो त त्योभन्दा पहिले उनले ट्राभल एण्ड कार्गो कम्पनी चलाइसकेका थिए । कार्गो र ट्राभल कम्पनी चलाउँदा चलाउँदै बीचमा उनी वैदेशिक रोजगारीका लागि जापान उडे र एक दशक समय उतै बिताए । बैदेशिक रोजगारीबाट फर्किएपछि रेमिट्यान्समा सम्भावना देखेर उनले आइएमई ग्रूप शुरु गरेका थिए । त्यसपछि क्षेत्रीय स्तरको ग्लोबल आइएमई बैंक स्थापना गरी उनी बैंक मालिकको रुपमा पनि देखा परे ।

व्यवसायीक यात्रामा होमिदै सफलता हाँसिल गर्दै गएका ढकाल ११ वर्ष पहिले उद्योगी-व्यवसायीको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघमा आवद्ध भए । उनलाई महासंघमा आवद्ध हुन सुरज वैद्यले प्रोत्साहन गरेका थिए । तीन कार्यकाल महासंघमा काम गरिसकेका ढकाल वरिष्ठ उपाध्यक्ष लागि चुनाव जितेका छन् ।

आज आइतबार बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..