काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन जना काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।
दोङले उतैबाट सुन बोकेर आएका थिए । त्यसको व्यवस्थापन गर्न खटिएका अन्य दुई जना भने काठमाडौंमै थिए । दोङसँगको सम्पर्क खुलेपछि दुई जनालाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताए । प्रहरीका अनुसार दोङले सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।
प्रकाशित : भाद्र २६, २०८० १४:२०