त्रिचन्द्र क्याम्पसमा विद्यार्थीले गरे तालाबन्दी

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — स्नातकोत्तरमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीले शिक्षण शुल्क लगायत प्रशासनको बेथितिको विरोध गर्दै त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेका छन् ।

 

 

 

 

पठनपाठनका लागि कक्षाकोठा र शैक्षिक सामग्री समेत उपलब्ध हुन नसकेको विद्यार्थीको गुनासो छ । चर्को शुल्क फिर्ता, नियमित कक्षा सञ्चालन, ट्रेनिङ र परामर्शको व्यवस्थालगायत माग राखेर तालाबन्दी गरिएको एक छात्राले जानकारी दिइन् ।

एमए चौथो तहका लागि ३८ हजार शुल्क तोकिएकोमा पनि विद्यार्थीले असन्तुष्टि जनाएका छन् । उक्त शुल्क पद्मकन्या क्याम्पस र त्रिभुवन विश्वविद्यालको केन्द्रीय विभागमा सञ्चालन गरिएको कार्यक्रमभन्दा दोब्बर बढी रहेको विद्यार्थीहरुको भनाइ छ ।

प्रकाशित : भाद्र २४, २०८० २१:०२

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..