बीपीले साहित्यमा पनि सत्य घटना लेख्नुहुन्थ्यो : देउवा

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइराला नेपाली राजनीतिमा अहिलेसम्मकै विशिष्ट र बहुआयमिक व्यक्तित्व भएको बताएका छन् । उनले बीपीले राजनीतिक रुपमा मात्रै नभएर साहित्यिकरुपमा पनि देशलाई उल्लेख्य योगदान गरेको भन्दै स्मरण गरे ।

 

 

 

 

पूर्वप्रधानमन्त्री, कांग्रेसका संस्थापक एवं साहित्यकार बीपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा कांग्रेस मुख्यालय सानेपामा आइतबारदेखि सुरू भएको बीपी साहित्य महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले बीपीको बहुआयमिक व्यक्तित्व र प्रतिभाको चर्चा गरे । ‘बीपी नेपाली राजनीतिको विशिष्ट र बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ । उहाँका साहित्य अहिले पनि उत्तिकै शक्तिशाली छन्,’ उनले भने ।

सभापति देउवाले बीपीले साहित्य पनि सत्य घटनामा आधारित भएर लेख्ने गरेको सुनाए । ‘मैले एकपटक श्वेतभैरवी पढिसकेपछि उहाँलाई सोधेको थिएँ,’ देउवाले अघि भने, ‘त्यसबेला मैले कथाको कुरा सोध्दा उहाँले घुँडामा रहेको घाउ देखाउनुभएको थियो । त्यसकारण उहाँले लेखेका कथा पनि सत्य घटनामा आधारित हुन्थे । उहाँको साहित्य पनि समाज र वरपर भएका घटनाहरू नै हुन्थे ।’

देउवाले बीपीको ११० औँ जन्मजयन्तीको सन्दर्भमा कांग्रेस कार्यालयको आकाशमा ११० वटा बेलुन उडाएर महोत्सवको उद्घाटन गरेका छन् ।

प्रकाशित : भाद्र २४, २०८० १२:०२

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..