अर्थमन्त्री शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण ७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा मन्त्री शर्माले कोभिड महामारीबाट जनतालाई बचाउनु नेपाल सरकारको पहिलो प्राथमिकता रहेको जानकारी दिँदै त्यसको लागि विश्व बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

कोभिड उपचारका लागि विश्व बैंकले नेपाललाई २९ मिलियन र कोभिड खोप खरिदको लागि ७५ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो।

कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिनु सरकारको दोस्रो प्राथमिकता रहेको बताउँदै मन्त्री शर्माले यस अभियानमा समेत विश्व बैंकको सहकार्य रहने विश्वास व्यक्त गरे।

उनले कोभ्याक्स सुविधाअन्तर्गत विकासशील देशले पाउनुपर्ने खोप समानुपातिक वितरणको आधारमा गरिनुपर्ने नेपाल सरकारको धारणा रहेकोमा जोड दिए।

विश्व बैंक र नेपालबीच लामो सम्बन्ध रहेको चर्चा गर्दै विश्व बैंकका कन्ट्री डाइरेक्टर फ्यारिसले एच हाजाडले नेपाल सरकारले तय गरेका प्राथकिताका क्षेत्रमा सहकार्य गर्न विश्व बैंक तयार रहेको बताए।

उनले नेपालमा आगामी सहकार्यका लागि कोभिड खोपको साथै वातावरणीय स्वच्छता र जलविद्युत् क्षेत्र विश्व बैंकको रणनीतिक प्राथमिकताको क्षेत्र रहेको जानकारी दिए।

अर्थ मन्त्रालयमा आयोजित भर्चुअल बैठकमा अर्थसचिव शिशिरकुमार ढुंगाना र सहसचिव एवं अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..