
काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि आइतबार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै मंगलबार चाँदीको मूल्य पनि सामान्य बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा खरिद बिक्री भएको थियो।