पाइपलाइनबाट आउने डिजेल देशका अधिकांश ठूला सरहमा यही डिपोबाट आपूर्ति हुन्छ । ट्यांकर व्यवसायीले गरेको हड्ताल अझै केहीदिन कायम रहे ठूला सहरमा इन्धनको हाहाकार सुरु हुनेछ ।
हाल अमलेखगञ्ज डिपोमा ३२ लाख ९६ हजार लिटर पेट्रोल मौज्दात छ । पाइपलाइनबाट नियमित रुपमा डिजेल प्राप्त भइरहेका कारण डिजेल पनि पर्याप्त मात्रामा रहेको डिपो प्रमुख यादवले बताए । यादवकाअनुसार काठमाडौं लगायतका सहरका ठूला डिपोमा एक सताका लागि मौज्दात पुग्नेगरी इन्धन यस अघि नै पठाइएको छ । उपत्याकामा तत्काल इन्धन अभाव नहुने पनि उनले दावी गरे ।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने व्यवसायीहरुको छाता संस्था नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धिको माग गर्दै बुधबारबाट अमलेखगञ्जबाट इन्धन ढुवानी नगर्ने घोषणा गरेका थिए । आयल निगमले भने आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीलाई आग्रह गर्दै आएको छ ।