प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको ७४ वर्षको उमेरमा गएराति निधन

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र ५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको ७४ वर्षको उमेरमा गएराति निधन भयो ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहनुभएका गिरीको शनिबार राति ९:३० बजे निधन भएको हो ।

गिरीको पार्थिव शरीर आइतबार बिहान पार्टी कार्यालय सानेपामा ल्याइयो । पार्थिव शरीरमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चारतारे झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गर्नुभयो । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतले पनि गिरीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..