प्रचण्डसँग बाबुराम र नारायणकाजीको संयुक्त भेट

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण २६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् । उक्त भेटमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी रहेका थिए ।

बिहीबार बिहान हात्ती वन स्थित एक घरमा तीन नेताबीच करिव एक घण्टा भेटवार्ता भएको बाबुराम निकट एक नेताले  बताए ।

बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो । भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको छ’, ती नेताको भनाइ छ । उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेसपा बनाएका भट्टराई पाँच दलीय गठबन्धनमा आवद्ध हुन चाहान्छन् ।

डा. भट्टराईले औपचारिक रुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई भेट्ने डा. भट्टराई निकट नेपसा नेता विश्वदीप ले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..