
भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय जनता पार्टी र माओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् । भाजपा कार्यालयमा आइतबार अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो जानकारी दिएका हुन् ।
दुई पार्टीको सम्बन्धलाई दुई देशबीचको सम्बन्ध बलियो बनाउनका लागि राम्रोसँग बढाउनुपर्नेलाई नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु’ भेटपछि दाहालले भने, ‘कहिले बीजेपीको निमन्त्रणमा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने समझदारी भएको छ ।’ दाहालले भाजपा अध्यक्षसँगको भेटबाट निकै उत्साहित रहेको बताए ।