रेनु दाहाल १० हजार मत अन्तरले अगाडि

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ ९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् ।

उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।

विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८ र हिमलाको मत २७ हजार ४६ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..