एनआरटीलाई सिमरा गोल्डकप

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र २०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

शनिबार जगदम्बा १२औं जितपुरसिमरा गोल्डकप फुटबलको उपाधि उचालेको छ । सिमरा रंगशालामा न्युरोड टिम (एनआरटी) विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।

एनआरटीलाई उपाधि दिलाउनेक्रममा मेसुके ओलोमाइ र स्टेफेन समीरले २–२ गोल तथा दीपेश घलेले एक गोल गरेका थिए । एनआरटीका लागि यो उपाधि सिजनकै पहिलो हो ।

एनआरटीले २०६४ सालमा बुढासुब्बा गोल्डकप जितेयता पहिलो पटक नकआउट प्रतियोगिता जितेको हो ।

प्रतिस्पर्धात्मक पहिलो हाफको इन्ज्युरी समयमा गोलको खाता खोलेको एनआरटीले दोस्रो हाफमा चार गोल थपेको थियो । मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । दीपेश धिमालले विशाल घलानलाई लडाएपछि प्राप्त फ्रिकिकमा मेसुकेले मध्यान्तर हुनैलाग्दा गोल गरेका थिए । बक्सबाहिरबाट मेसुकेले गरेको प्रहारले सिधै जालीको सम्पर्कमा पुगेको थियो । उक्त प्रहार रोक्न एपीएफका गोलरक्षक राजु नगरकोटी असफल भए । एनआरटीले खेलको ६०औं मिनेटमा दोस्रो थोल थप्यो । मेसुकेको क्रसलाई सदुपयोग गर्दै दीपेश घलेले दोस्रो गोल गरेका थिए ।

दोस्रो पटक फाइनल पुगेर उपविजेतामा सीमित हुन पुगेको एपीएफ सुरुदेखि नै आक्रामक खेले पनि फिनिसिङमा चुकेको थियो । खेलमा दुई गोलले अग्रता लिएको एनआरटीले ७७ औं मिनेटमा तेस्रो गोल गर्‍यो । स्टेफेन समीरले गोल थप्दै ३–० को स्थितिमा पुर्‍याए ।

करिब १० हजार दर्शकको उपस्थित रंगशालामा ‘ए’ डिभिजनका दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । तर एनआरटीले लगातार गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्‍यो । खेलको ८१ औं मिनेटमा एनआरटीले चौथो गोल थप्दा एपीएफ समर्थक निराश बन्न पुगे । मेसुकेले टिमका लागि चौथो र प्रतियोगितामा व्यक्तिगत पाँचौं गोल गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..