अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ ५, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आईसीयू डाक्टर मिलनजंग केसीलाई गत साता ज्वरोले च्याप्यो । भोलिपल्ट उनले पीसीआर गराए  । बेलुका रिपोर्ट पोजिटिभ आयो जिउ दुख्ने, ज्वरो आउने र दुई पटक डायरिया समेत भयो,’ उनले भने, ‘बिरामीको उपचारकै क्रममा खटिएको थिएँ । तर कहाँबाट सर्‍यो थाहा छैन ।’ संक्रमित भएपछि उनी होम आइसोलेसनमा बसेका छन् । टेकुमा १५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ‘दुई जना डाक्टर र अरु नर्स हुनुहुन्छ,’ अस्पतालकी निर्देशक डा. मनिषा रावलले बताइन्

कोभिड युनिफाइड केन्द्रीय अस्पाताल वीर अस्पातलमा १ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमति भएका छन् । जसमा ४० जना डाक्टर, ६५ जना नर्स र बाँकी अन्य कर्मचारी छन् ।

स्वास्थ्यकर्मी संक्रमति भएपछि सेवामा धेरै असर परेको छ । करारमा ५० जना नयाँ स्वास्थ्यकर्मी थप गर्दैछौँ,’ अस्पतालका उपनिर्देशक डा. प्रज्ज्वल श्रेष्ठले भने, ‘१० जना मेडिकल अफिसर पनि राख्ने तयारी छ । संक्रमित भएकाहरू कतिपय पाँच दिन आइसोलेसनमा बसेर सेवामा फर्किनुभएको छ ।

सबैभन्दा धेरै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ‘३ सय बढी स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित छन् । आइसोलेसमा बस्ने र निको भएर फर्किने क्रम चलिरहेको छ अस्पतालका उपनिर्देशक डा. सन्तकुमार दासले भने, ‘ननकोभिडका बिरामीको चाप कम भएकाले  वार्डहरूलाई एक अर्कामा मर्ज गरेर व्यवस्थापन गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..