कांग्रेस सुर्खेत सभापतिमा संस्थापन पक्षका पोखरेल निर्विरोध

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

सुर्खेतमा संस्थापन पक्षको नेतृत्व महामन्त्री पुर्णबहादुर खड्का र पौडेल पक्षको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दै आएका छन् ।

यी दुई पक्षबीच कडा प्रतिस्पर्धा हुँदै आए पनि यसपटक सुर्खेतमा संस्थापन पक्षले पौडेल पक्षलाई शून्य बनाइदिएको छ । थानी पक्षका उम्मेदवारलाई महाधिवेशन प्रतिनिधिमै हराएपछि संस्थापनबाट पोखरेलको एकल उम्मेदवारी परेको हो ।

अन्य पदका लागि भने आज मतदान हुँदैछ । संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सह-सचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी परेको छ ।

यस्तै थानी पक्षले सभापति बाहेकका अन्य पदहरुका लागि उम्मेदवारी दिएको छ । पौडेल पक्षबाट उप-सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि शुक्रबार हुने भनिएको कांग्रेसको अधिवेशन विविध कारण आइतबार सरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..