भैरहवासँगको अन्तिम खेल रद्द भएपछि काठमाडौं प्लेअफमा, ललितपुर बाहिरियो

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

बजाज एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत मंगलबार काठमाडौं किंग्स-११ र भैरहवा ग्लाडिएटर्सबीच तय भएको अन्तिम लिग खेल रद्ध भएको छ ।

खेल हुन नसकेपछि भैरहवासँग अंक बाँड्दै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं प्लेअफ पुगेको छ । उता साविक विजेता ललितपुर प्याट्रिओट्स भने काठमाडौं समान अंक रहे पनि नेट रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरिएको छ ।

काठमाडौं र भैरहवाबीच मंगलबार ९ : ३० बजे खेल सुरु हुने तालिका थियो । तर सोमबार परेको भारी वर्षाका कारण टीयू मैदानको आउटफिल्ड भिजेर गिलो भएकोले खेल खेल्न लायक नभएपछि खेल रद्ध भएको हो ।

खेल नभएपछि काठमाडौं र भैरहवाले १-१ अंक बाँडे । पाँच खेलबाट तीन अंक जोडेको काठमाडौं चौथो स्थानमा रहेर प्लेअफ पुगेको हो । भैरहवालाई भने खेल नहादा घाटा लाग्यो । भैरहवा र पोखरा राइनोजको समान सात अंक रहेपनि भैरहवा रनरेटमा अघि थियो । तर लिग मा धेरै खेल जितेको आधारमा अंकतालिकामा अघि रहने प्रावधान रहेकोले पोखरा दोस्रो र भैरहवा तेस्रो स्थानमा रह्यो ।

पोखराले तीन खेल जित्दा एक खेलमा अंक बाँडेको थियो । भैरहवाले दुई खेल जित्दा तीन खेलमा अंक बाँडेको थियो ।

पोखरा र भैरहवाबीचको खेल वर्षाले अवरुद्ध हुँदा अंक बाँडिएको थियो । यस्तै भैरहवाले ललितपुरसंगको खेल टाई हुँदा अंक बाँडेको थियो ।

लिगमा पाँचमध्ये ४ खेल जित्दै ८ अंक जोडेको चितवन टाइगर्स पहिलो स्थानमा रह्यो । साविक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने लिग चरणबाटै बाहिरिएका छन् ।

अब बुधबार हुने पहिलो क्वालिफायरमा चितवन र पोखराबीच खेल हुनेछ । यस खेलको विजेता फाइनल पुग्नेछ । खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।

यस खेलमा पराजित हुने टोलीले दोस्रो एलिमिनेटर खेल्न पाउनेछ । बुधबारै पहिलो एलिमिनेटरमा भैरहवा र काठमाडौं बीच खेल हुनेछ । यस खेलको विजेता दोस्रो एलिमिनेटरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । भैरहवा र काठमाडौंबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..