२ दिनमा १ सय ३४ अंकले झर्‍यो नेप्से, मुल्य घट्दाघट्दै पनि बजारमा धेरै सेयर खरिद विक्री भएका यी कम्पनीहरु,

द्वारा प्रकाशित गरिएको हो |
२०७८ असार ७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं- गत सातादेखि शेयर बजार परिसुचक-नेप्से लगातार घटिरहेको छ। ३ हजार विन्दु पार गरेको नेप्से आइतबार र सोमबार दुई दिनमा मात्र एक सय ३४ अंकले घट्यो र २ हजार ८ सय ३४ दशमलब ४ विन्दुमा झरेको छ। सबै समूहका सुचकहरु घटेका छन्। जलविधुत्, विकाश बैंक, फाइनान्स समूहका सुचकहरुमा भारी गिरावट आइरहेको छ।  नेप्से लगातार ओरालो लागिरहेपनि सेयर बजारमा लगानीकर्ताको आकर्षण कम भएको छैन। मुल्य घटिरहेकै कम्पनीका सेयरहरु बढी विक्री भएका छन्।

सोमबार मात्र ६.४९ प्रतिशतले मुल्य (प्रति सेयर) घटेको नेसनल हाइड्रो पावर कम्पनीको लिमिटेड-एनएचपीसि दिनकै सबैभन्दा बढी सेयर विक्री भएको कम्पनी बन्यो।

नेसनल हाइड्रो पावरको ९ लाख ६२ हजार ६ सय ३७ कित्ता सेयर खरिदविक्री भएको छ। ६.६१ प्रतिशतले घटेको नेपाल पुनर्विमा कम्पनी-एनआरआईसी सबैभन्दा धेरै सेयर खरिद विक्री भएका कम्पनीको सूचीमा तेस्रो स्थानमा रह्यो। एनआरआईसीका ७ लाख २५ हजार ९ सय १७ कित्ता सेयर खरिदविक्री भए। ६.७ प्रतिशतले घटेको अपि पावर कम्पनीको पनि ५ लाख २१ हजार ८ सय ८८ कित्ता सेयर खरिद विक्री भयो। ४.२१ प्रतिशतले घटेको ज्योती विकाश बैंक-जेबीबिएलको ४ लाख २८ हजार ३ सय ७३ कित्ता सेयर खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

लगातार  मुल्य (सेयर) घटिरहेका कम्पनीका सेयरहरु बढि विक्री भइरहेका छन्। नेपाल धितोपत्र बोर्डले शंकास्पद तरिकाले सेयर मुल्य बढिरहेको भन्दै त्यस्ता ५२ वटा कम्पनीको सूची गत साता सार्वजनिक गरेको थियो जसको सर्बत्र विरोध भइरहेको छ। सूचीमा परेका कम्पनी मात्र होइन अन्य विभिन्न समूहका धेरै कम्पनीहरुको सेयर मुल्य लगातार घटिरहेको छ। यसरी घट्नेमा जलविधुत् कम्पनीहरु धेरै छन्। सूचीमा नरहेका विकाश बैंक, फाइनान्सलगायत समूहमा पनि लगातार गिरावट आइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..