२० प्रतिशतसम्म बढ्नेछ राजस्व लक्ष्य, कत्रो होला ?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १२, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

११ जेठ, काठमाडौं । सरकारले राजस्व परामर्श विकास समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ को राजस्व लक्ष्यमा २० प्रतिशत हाराहारी वृद्धि गर्ने तयारी गरेको छ ।

कोरोना महामारीबीच पनि राजस्व प्राप्ति र वैदेशिक व्यापारमा त्यति ठूलो असर गरेको छैन । आगामी आवमा कोरोना महामारी कम भएर अर्थतन्त्र चलायमान हुने अवस्थामा २० प्रतिशतसम्म वृद्धि वैज्ञानिक हुने समितिको निष्कर्ष छ । समितिका अध्यक्ष महेश दाहाल राजस्व संकलनको यो लक्ष्य महत्वकांक्षी नभई वैज्ञानिक रहेको बताउँछन् ।

सरकारले चालु आवमा रु.१० खर्ब ११ अर्ब ७५ करोड राजस्व संकलनको लक्ष्य राखेकोमा कुल ८ खर्ब ८९ अर्ब ६२ करोड उठ्ने अनुमान छ । यसमध्ये एकखर्ब २२ अर्ब १३ करोड प्रदेश र स्थानीय सरकारले पाउने छन् ।

आउँदो आवमा राजस्व लक्ष्य २० प्रतिशत बढाउँदा सरकारले बरिब रु.१२ खर्ब स्रोत जुटाउन सक्नेछ । यसबाट मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनमा संकलित अन्तःशुल्क रकमको ५० प्रतिशत संघले पाउँछ । स्थानीय तह र प्रदेशको भागमा २५/२५ प्रतिशत जाने प्रावधान रहेको छ । संघीय सरकारको भागमा करीव १० खर्ब रुपैयाँसम्मको स्रोत रहने छ ।

२ खर्ब ३४ अर्ब आन्तरिक ऋणको सीमा

सरकारले चालु आवको कुल गार्हस्थ उत्पादन (जीडीपी)को ५.५ प्रतिशतमा नबढ्ने गरि मात्र आन्तरिक ऋण उठाउने लक्ष्य राख्नु पर्नेछ । केन्द्रिय तथ्यांक विभागले तयार पारेको आव ०७७/७८ को राष्ट्रिय लेखा तथ्यांक अनुसार यो आवमा जीडीपीको वाषिर्क वृद्धिदर आधारभूत मूल्यमा ३.९८ प्रतिशत रहने अनुमान छ । यसअनुसार जीडीपी ४२ खर्ब ६६ अर्ब ३२ करोड पुग्ने अनुमान छ ।

सरकारले यसैअनुसार ५.५ प्रतिशतभन्दा नबढ्नेगरि आन्तरिक ऋण प्रक्षेपण गर्नुपर्नेछ । अर्थात्, अधिकत्तम २ खर्ब ३४ अर्ब रुपैयाँ मात्र आन्तरिक ऋण उठाउने सीमा राख्नु पर्नेछ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सरकारका लागि लगातार दुई आवमा ५.५ प्रतिशतको सीमा दिएको थियो ।

चालु आवमा भने सरकारले २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

अपुग रकम विदेशीको भर

चालु आवमा रु.६० अर्ब ५२ करोड अनुदान आउने सरकारी अनुमान छ । योभन्दा बढी अनुदान आउने अवस्था नरहेकाले सरकारको जोडबल पुनः वैदेशिक ऋणमा हुनेछ ।

राजस्व, आन्तरिक ऋण र वैदेशिक अनुदानबाट करीव रु.१३ खर्ब हाराहारी जुट्न सकिने अनुमानको आधारमा सरकारले वैदेशिक ऋणमा जोड गर्दैछ । चालु आवमा दुईखर्ब ९९ अर्ब ५० करोड हाराहारी वैदेशिक ऋण प्राप्त गर्ने सरकारको लक्ष्य पुरा हुने अवस्था छैन ।

सरकारले बजेटको मध्यावधि समिक्षामा नै २ खर्ब ३५ अर्बभन्दा माथि वैदेशिक अनुदान नआउने संशोधित अनुमान गरेको छ । आगामी आवमा पनि ३ खर्बभन्दा माथि वैदेशिक ऋण अनुमान गर्न सक्ने अवस्था छैन ।

बजेटको आकार १६ खर्ब हाराहारी !

राजस्व संकलनमा २० प्रतिशत वृद्धि, आन्तरिक ऋणमा जिडिपीको ५.५ प्रतिशतको अनुमान सीमा र वैदेशिक सहायतालाई चालु आवकै हाराहारीमा राख्दा अधिकतम १० प्रतिशत वा सो आसपास बजेट वृद्धि हुन सक्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..