हङकङले रोक्यो नेपालबाट हुने हवाई उडान

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

१९ वैशाख, काठमाडौं । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ । १ मे (शनिबार)बाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको सिन्ह्वा नेट डटकमले लेखेको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार हङकङको तर्फबाट रोक लगाएको खबर आएसँगै सो गन्तब्यमा निर्धारित भएका उडानसमेत रद्द हुनेछन् । औपचारिक चिठीपत्र त आएको छैन,’ उनले भनिन्, जब उडान नै हुन नपाउने निर्णय सार्वजनिक भएपछि हामीले त्यही अनुसार गर्ने हो,’ उनले भनिन् ।

हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट आउने जहाजहरुको उडान समेत रोकिसकेको छ । दक्षिण एसियामा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टका कारण धेरै मुलुकहरुले यस भेगबाट हुने यात्रामा क्रमशः कडाई गर्दै लगेका छन् ।

हङकङको पछिल्लो नियम अनुसार कुनै एक गन्तब्यबाट आएका कम्तीमा ५ र सो भन्दा बढी मानिसमा कोरोना देखिएमा दुई साताका लागि उडान रोक्ने गरिएको छ । अघिल्लो लहरका बेला हङकङमा नेपाल एयरलाइन्सको उडान सोहीकारण पटक पटक रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..