सुन आयात कोटा बढाउदै राष्ट्र बैंक, दैनिक १५ किलो भित्रने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं – नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएर १५ किलोसम्म बनाउने भएको छ । हाल दैनिक १० किलोको आयात कोटालाई बढाएर १५ बनाउन लागेको हो ।

व्यसायीहरुले सरकार तथा सरकारी निकायहरुमा सुन आयात कोटा बढाउने माग राख्दै आउन थालेपछि केन्द्रीय बैंक सकारात्मक भएको हो ।

केही दिन अघि मात्र पनि व्यवसायीहरुले सुन आयात कोटा बढाउन अनुरोध गर्दै केन्द्रीय बैंकसम्म पनि पुगेका थिए ।

सरकारले कोरोनाका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको व्यवसायीहरु बताउँदै आएका छन् ।

लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । तर, कोरोनाका कारण सुरु भएको लकडाउनपछि सुन आयत कोटा घटाइ १० किलो प्रतिदिनमा सिमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..