प्रि-मनसुनमा पनि पर्याप्त पानी नपर्ने : प्रदूषण र आगलागीका घटना अझै बढ्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाण्डाै – यस वर्षको प्रि-मनसुनमा पनि पर्याप्त पानी नपर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

हिउँदमा पनि पर्याप्त पानी नपर्दा सुख्खा बढेको छ । पर्याप्त पानी नपर्दा हिउँदे बालीमा समेत नोक्सानी भएको थियो ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अघिल्ला वर्षहरुमा जस्तो यो वर्षको प्रि-मनसुनमा पर्याप्त मात्रामा पानी पर्ने सम्भावना छैन। अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहे पनि पानी पार्ने प्रणाली सक्रिय नभएकाले फाट्टफुट्ट बाहेक ठूलो पानी पर्न सकेको छैन ।

हरेक दिन दिउँसोपछि चट्याङ्गसहित हल्का पानी परे पनि जमिन भिज्ने गरी पानी नपरेको मौसमविद् मानन्धरले बताउनुभयो । यसले गर्दा सुख्खापन बढेको छ भने वातावरण प्रदूषण पनि बढ्दै गएको छ।

मनसुन नलाग्दासम्म मौसम समान्यतया अहिलेको जस्तै नै रहने मौसमविद्को अनुमान छ । प्रि-मनसुनमा समेत पर्याप्त पानी पर्ने सम्भावना नरहेकाले कृषि बालीमा नोक्सानी पुग्ने सम्भावना छ । अहिले पहाडी क्षेत्रमा मकै छर्ने बेला भएको छ । तर, पानी नपर्दा किसानमा अन्याेल बढेको छ ।

पर्याप्त पानी नपर्दा सिँचाई नहुने ठाउँका बालीमा रोगकिरा लाग्ने जोखिम पनि उत्तिकै रहने विज्ञले बताएका छन् । हिजोआज प्राय: सधैँजसो मौसम धुम्म भए पनि पानी पर्न सकेको छैन । यस्तै, वायुमण्डलमा थुप्रिएका धुलोका कणहरु बढार्ने गरी हावा नचल्दा वायु प्रदूषण पनि उत्तिकै छ ।

अघिल्लो वर्षको मनसुनपछि अहिलेसम्म जमिन भिज्ने गरी पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा आगलागीका घटनासमेत बढ्दै गएको छ । बढ्दो सुख्खापनले आगलागीका घटना अझ बढ्न सक्ने मौसमविद्को अनुमान छ ।

यस्तै, अहिले काठमाण्डौ उपत्यकासहित देशभरका पहाडी ठाउँहरुमा मौसम आंशिक बद्ली भएको छ । आज र भोलि मौसम यस्तै नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुकीपख प्रदेश-१ सहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..