उत्पादन र खपत बढाउने लक्ष्यसहित ‘मेक इन नेपाल स्वदेशी अभियान’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी अभियान’ को थालनी गरेकोछ ।

उक्त अभियानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोामबार एक कार्यक्रमका बीच शुरुआत गर्नु भएको छ ।

अभियानको आरम्भ गर्दै प्रधानमन्त्रीले औद्योगिक र आर्थिक विकासमा योगदान पुग्ने गरी निजी क्षेत्रले लगानी बढाउनुपर्ने र आन्तरिकरुपमा सबल हुँदै निर्यात बढाउनुपर्ने बताउनु भयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिशकुमार मोरका अनुसार परिसङ्घले उत्पादन र खपत बढाउने लक्ष्यका साथ विभिन्न सातवटा आधार निर्धारण गर्दै ‘मेक इन नेपाल अभियान’ शुरु गरेको हो ।

त्यसमा उत्पादनतर्फ नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण तय गर्ने, आयात प्रतिस्थापन गर्ने, पूर्वाधारमा पूँजी लगानी बढाउने र सेवा क्षेत्रमा आधुनिकीकरण गर्ने विषय समावेश छ ।

यस्तैगरी खपतका आधारमा स्वदेशी वस्तुको उपभोग, स्वदेशी वस्तुको प्राथमिकता र स्थानीय उत्पादनको बढावाका लागि बजार विस्तार गर्ने विषय समावेश छ ।

परिसङ्घको यसअभियानमार्फत वार्षिक एक हजारभन्दा बढी नयाँ उद्योग दर्ता गर्ने, सन् २०३० सम्ममा नेपालको कूल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान २६ प्रतिशत लक्ष्य राखिएको छ ।

आगामी पाँच वर्षमा झण्डै पाँच खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ ।

परिसङ्घका आर्थिक सल्लाहकार डा. विश्व पौडेलका अनुसार यो अभियानले औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..