‘पाँच तारे’का नाममा व्यापार गर्ने तीन होटेल जसलाई पर्यटन विभागले चिन्दैन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २४, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं- तीन वटा होटललाई पर्यटन विभागले ‘पाँच तारे’ होटलको विवरणबाट हटाएको छ। विभागले होटल सञ्चालन गर्दा पाँच तारे होटलको वर्गमा राखे पनि अहिले अहिले ताराविहीन भएको हाे।

विभाग अनुसार अहिले सञ्चालनामा नरहेको पोखराको  होटल द फूलबारी लिमिटेड र काठमाडौंमा सञ्चालन भइरहेका याक एण्ड यति होटल लिमिटेड र द होटल एभरेष्ट इन्टरनेशनल लिमिटेड अहिले पाँच तारे स्तरको होटल हैनन्।

‘पाँच तारे होटलको वर्गमा इजाजत लिएका तर, समयमा नै नवीकरण नभएको होटललाई हामी पाँच तारे होटलको रुपमा चिन्दैनौं,’ विभागमा महानिर्देशक रुद्रसिंह तामाङले भने, ‘होटलले पाँच तारे भनेर व्यापार गरिरहेपनि समयमा नै नवीकरण नगर्ने होटललाई हामी पाँच तारे होटल हो भनेर भन्दैनौं।’

विभाग अनुसार अहिले नेपालमा १६ वटा होटलले पाँच तारे होटलको रुपमा स्तर वर्गीकरण गर्दै सेवा सञ्चालन गर्दै आएका छन्। त्यसमध्ये ३ वटा होटल अहिले पाँच तारे होटलको सूचीमा नरहेको महानिर्देशक तामाङ बताउँछन्।

पाँच तारे होटलको चिह्न लिएका होटलले प्रत्येक पाँच वर्षमा नवीकरण गर्नु पर्ने हो। होटेल, लज, रेष्टूरा तथा रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ अनुसार पाँच तारे होटलको चिह्न लिएका होटलले प्रत्येक ५ वर्षमा नवीकरण गर्नु पर्छ ।

नवीकरण नगर्ने होटलको तारे स्वत: हट्ने विभागको भनाइ छ। जसले समयमा आफ्नो स्तर अनुसारको वर्गीकरण गरेर लिएको इजाजत नवीकरण गर्छ उसलाई मात्रै विभागले सोही प्रकृतिको होटल भनेर चिन्ने तामाङ बताउँछन्।

पाँच तारे होटलको इजाजत लिनका लागि पचास हजार रूपैयाँ लाग्छ। तर, नवीकरण गर्न शुल्क लाग्दैन। नवीकरण गर्नका कम्पनी आवधिक गरेको प्रमाण पत्र, कर चुक्ता गरेको प्रमाण पत्र तथा पाँच तारे होटलको लागि आवश्यक मापदण्ड पूरा भएको मात्रै भए पुग्छ।

तर, शुल्क नलागेपनि होटल द फूलबारीले २०५६ सासलमा स्तर वर्गीकरण गर्दै पाँच तारे होटलको मान्यता पाएको थियो। त्यसपछि द फूलबारीले अहिलेसम्म नवीकरण गरेको छैन।  जसका कारण द फूलबारीलाई विभागले पाँच तारे होटलको रुपमा नचिन्ने तामाङ बताउँछन्।

यसैगरी, विभागले याक एण्ड यति होटललाई पनि अहिले पाँच तारे होटलको रुपमा चिन्दैन। होटलले २०७० फागुनमा पाँच तारेको स्तर नवीकरण गरे पनि त्यसपछि अहिले ७ वर्ष हुँदासम्म पाँच तारे होटलको स्तर नवीकरण नगरेको विभागले जनाएको छ। होटल २ वर्षदेखि पाँच तारेविहीन भएको हो।

यसैगरी, द होटल एभरेष्ट इन्टरनेशनलले पनि पाँच तारेको स्तर वर्गीकरणको पछिल्लो पटक २०७० साल मंसिरमा गरेको थियो। तर, पछिल्लो २ वर्षदेखि स्तर नवीकरण नगरेको विभागको भनाइ छ। जसका कारण ३  वटालाई अहिले विभागले तारे होटलको रुपमा नचिन्ने तामाङ बताउँछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..