
त्यसैगरी आज उनको शब्द/निर्देशन र अभिनयमा मलाई छोडेसी बोलको मार्मिक गीत सार्वजनिक भएको हो।उक्त गीतमा विशेषगरी माया प्रेम हुँदाहुँदै पनि विछोडिन परेको प्रेमी प्रेमिकाको कथालाई समेट्न खोजिएको छ। कृष्ण लामिछानेको सुमधुर स्वर तथा लय सिर्जना अभिनव चौहानको शब्द सिर्जना त्यसैगरी अभिनव चौहानको निर्देशन,सन्तोष चौहानको क्यामेरा र सम्पादन साथै अभिनव चौहान,निशा खड्का र सुरज ढकालको सशक्त अभिनय देख्न सकिन्छ। मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीतलाई अभिनव चौहानको आधिकारिक युटुब च्यानल नेपाली मनोरञ्जन मिडिया मार्फत सार्वजनिक गरिएको हो।