कालीगण्डकी “ए”जलविद्युत आयोजना (मिर्मि)

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक ६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

कालीगण्डकी जलविद्युत आयोजना एक हाइड्राइलेक्ट्रिकल पावर स्टेशन स्याङ्जा जिल्लाको मिर्मि, काठमाडौको पश्चिमदेखि
३०० किलोमिटर र पोखराबाट १०० किलोमिटर पश्चिम नेपालमा रहेको छ। कालीगण्डकी जल विद्युत परियोजना नेपालको सबैभन्दा
ठूलो जलप्रवाह परियोजना हो। बि.स. २०५४ साल मा ५० अर्ब नेपाली रुपैयाँ खर्चमा निर्माण कार्य सुरु गरी बि.स.२०५८ सालमा समापन भएको हो ।


इटालीयन कम्पनी इम्प्रेजिलो एस.पि.ए.को ठेक्कामा नेपाली लगानीमा बनेको कालीगण्डकी जल बिद्दुत आयोजना ले १४४ मेगावाट
बिजुली उत्पादन गर्दै नेपालको उच्च तवरको लोडसेद्दिङ समस्या लाई न्युन गर्न एकदमै ठुलो भूमिका खेलेको छ ।
दुर्गम छेत्र मिर्मि,कालीगण्डकी जलबिद्दुत आयोजना आइसके पस्च्यात यस क्षेत्र तथा समुदायलाई बहुपक्षीय फाइदा जनक प्रभाव पुर्याएको छ ।

सार्बजानिक पूर्वधारको सुधारले शौक्षिक सुबिधाहरुको बृदी र परियोजना निर्माण र सन्चालन चरणको क्रममा प्रभाबित परिवार लगायतका स्थानिय जनसन्ख्याको रोजगारीले ग्रामीण जीवनको गुणेस्तर बडाएको छ । बोटे (माजि) नेपालका आधिबासी मछुवा समुदाय हुन । बोटे परिवार को एउटा सानो समुदाय परियोजना को हेडवोर्क साइट्मा बस्दै आएका थिए ।

ढुङ्गा चलाउने,माछा मार्ने र दासत्वको मजदुरको रुपमा काम गर्नु उनिहरुको परम्परगत पेशा थियो । समाजमा तिनिहरुको निम्न स्थिती र शिक्षाको निम्न स्तरले कुनै सार्बजनिक प्रभावबाट बन्चित र सधै मुख्य धाराको समाजमा कम थोरै समर्थन र मान्यता हुने गर्त्यो ।
प्रभाबित बोटे परिवार लाई उनिहरुको बिस्थापन मार्फत अगाडी बड्ने जोखिमहरु गम्बिर थिए । तर यस छेत्रमा कालीगण्डकी जलबिद्दुत आयोजन आइसके पछी भने बिस्थापान सँग सम्बन्धित गरीबि जोखिमहरु स्थायी आवास्,दिगो आयश्रोतहरु र सामजिक बिकासका साथ जीवनयापनको निर्माणको अबसरहरु मा रुपान्तरण गरी दिएको छ ।

यस बाहेक ,परियोजनाले सृजना गरेको जलासयमा स्टिमर एक किसिमको पानी जहाज पनि सन्चालनमा रहेको छ ।यसले गर्दा स्थानियहरु ले रोजगार को मौका पाएका छन । साथै एसिया कै ठुलो शालिकराम शिला (एक धार्मिक स्थल्) स्टिमर द्वरा जलयात्रा गरी पुग्न सकिने भएका ले आन्तरिम भ्र्मड आउने हरु साचिकै मन लोभ्याको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..