रौतहटमा सुतिरहेका दम्पत्तिमाथि धारिलो हतियार प्रहार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक २, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका टिकुलियाका महेश तिवारी दम्पत्तिमाथि सांघातिक आक्रमण भएको केही समय नबित्दै गएराति मौलापुरमा फेरि एक दम्पत्तिमाथि आक्रमण भएको छ । मौलापुर नगरपालिका वडा ५ पतौरा गाँउका ३५ बर्षिय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि सांघातिक हमला भएको छ । शनिवार राति १ बजेको समय आफ्नै घरमा सुतिरहेका साह दम्पत्तिमाथि धारिलो हतियारले आक्रमण भएको छ । धारिलो हतियारको आक्रमणले हरीन्द्र साहको दाहिने कानको छेउमा र शिला देवीको दाहिने पाखुरामा चोट लागेको छ । उनीहरुलाई गम्भिर अवस्थामा तत्कालै उपचारको लागि एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल बिरगंज पठाइएको थियो । रातभरीको उपचारपछि दुबैजनाको अवस्था सुधार हुँदै गएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर राकेश यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..